
काठमाडौँ, ६ वैशाख २०७५
हेम विक्रम सिलवालको संयोजकत्वमा स्वतन्त्र नागरिक समाजद्वारा रत्नपार्कमा रहेको गणेशमानको शालिक अगाडी खवरदारी सभा सम्पन्न भएको छ ।
खवरदारी सभाको सभापतित्व नवराज अधिकारी गरेका थिए भने प्रमुख वक्तामा डा के.वि. रोकाय थिए । सभामा पुस्तक लेखक/राष्ट्रप्रेमी विष्णु प्रसाद शर्मा, वरिष्ठ अधिवक्ता विष्णु प्रसाद भट्टराई, कृष्ण लामा र सूर्य नेपालले आफ्नो मन्तव्य राखेका थिए ।
सभामा वक्ताहरुले रसियाका राष्ट्रपतिले आफ्नै खर्चमा गाडीमा तेल हाल्छन्, अमेरिकाको पूर्व राष्ट्रपति छोराछोरी पढाउन जागिर खान्छन्, हाम्रा राष्ट्रपति नेपाली जनताले कर तिरेको पैसाले वग्गी चढ्छन् भन्ने जस्ता अभिव्यक्ति ब्यक्त गरे ।





