रक्षा सचिव विष्णुप्रसाद लम्सालद्वारा जङ्गी अड्डाको निरीक्षण भ्रमण



काठमाडौँ, ५ वैशाख २०७५

रक्षा मन्त्रालयका नवनियुक्त सचिव श्री विष्णुप्रसाद लम्सालले जंगी अड्डाको निरीक्षण भ्रमण गर्नु भएको छ । उहाँलाई नेपाली सेनाका बलाध्यक्ष रथी श्री हेमन्त राज कुँवरले जंगी अड्डामा स्वागत गर्नु भएको थियो ।

रक्षा सचिव श्री लम्साललाई वर्तमान बस्तुस्थिति, नेपाली सेनाको संगठनात्मक संरचना, जिम्मेवारी, अपरेशनल गतिविधि, कल्याणकारी कार्य लगायत नेपाली सेना सम्बन्धी अन्य विविध विषयमा सम्बन्धीत विभागका रथीबृन्द तथा अधिकृतहरुबाट प्रस्तुतिकरण भएको थियोे ।

प्रतिक्रिया दिनुहोस्