नायिका कट्रिना कैफको मैनको मूर्ति सार्वजनिक



एजेन्सी -चर्चित बलिउड सुन्दरी नायिका कट्रिना कैफको पनि मूर्ति देखिन पाइने भएको छ। न्यूयोर्कको मदाम टुसार्ड संग्रहालयमा उनलाई मूर्तिमा लेहंगा चोलीमा
देआइएको छ ।

उनको मूर्ति सार्वजनिक भएसँगै धेरै फ्यानहरुले मिश्रित प्रतिक्रिया दिएका छन्। कोहीले मूर्ति मनपराएका छन् भने कोही फ्यानले मूर्तिमा कट्रिनाको नाक र ओठ दुरुस्त नभएको बताउँदै उनी मूर्तिभन्दा वास्तविकमा नै राम्री भएको बताएका छन्।

उक्त संग्रहालयमा कट्रिनाका अलावाचर्चित स्टार एन्जेलिना जोली, टेलर स्विफ्ट, लियोनल मेसी आदिको मूर्ति स्थापित भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्