
काठमाडौं– प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले फौजदारी अभियोगमा सांसदलाई मुद्दा लागेमा वा पुर्पक्षका लागि थुनामा राखिएमा सांसद पद स्वतः निलम्बन हुने व्यवस्था नियमावलीमा राख्ने गृहकार्य गरिरहेको छ।
रिपोर्टर्स क्लबद्वारा मंगलबार आयोजित साक्षात्कारमा समितिका संयोजक कृष्णभक्त पोखरेलले विगतमा मुद्दा लागिसकेर कारागारमै रहे पनि सांसद पद रहिरहने नभई अन्तिम फैसला नभएसम्म स्वतः निलम्बन हुने व्यवस्था गर्न लागिएको बताए। यो व्यवस्था लागु भएसँगै फौजदारी अभियोग लागेका कैलालीबाट निर्वाचित रेशम चौधरीको सांसद पद स्वतः निलम्बन हुनेछ।





