
काठमाडौं । प्रदेश ३ का भौतिक पूर्वाधार तथा यातायात मन्त्री केशव स्थापितले प्रदेश राजधानी हेटौंडामा राखेकोमा आफूलाई चित्त नबुझेको बताएका छन् । ‘केही एमालेकै मान्छेले हेटौंडाबाट सार्न हुन्न भन्छन्, मैले सार्ने हैन अन्त तोक्ने हो भनेको छु ‘ उनले भने ।
अहिले आफूलाई मन्त्री भएजस्तो समेत नलागेको भन्दै उनले गाडीमा झण्डासमेत नहालेको टिप्पणी गरे । अहिले मुख्यमन्त्रीले समेत राजधानीका बारेमा बोल्न नदिएको भन्दै उनले भने, ‘ म हेटाैँडामा लाेखर्के गनेर बसेकाे छु ।’





