हिजोका ज्यामी आजका गायक (भिडियो सहित)



काठमाडौँ, ३ बैशाख २०७५

“फिगर बबाल छ” बोलको गीत सार्वजनिक गर्दै  विगत ७/८ वर्षदेखि निरन्तर रुपमा ज्यामी काम गर्दै आएका स्वामी भट्ट अन्ततः गायक बनेका छन् ।

भट्टकै स्वर, शब्द/संगीत रहेको गीतमा निर्देशन एवं कोरियोग्राफ समेत आफैले गरेका छन् । मोडलमा पूजा र करविरले साथ दिएका छन् । अन्य कलाकारहरुमा भुवन, मनोज, दीपक, ठाकुर, सन्तोष, विनिता, शिशिर र दिलिपले समेत अभिनय गरेका छन् ।

पश्चिमी शैलीमा तयार पारिएको गीतमा नेपाली शैली प्रचुर मात्रामा रहेको पाईन्छ । वहुप्रतिभाशाली भट्ट आगामी दिनमा विभिन्न गीत संगीतका साथ बजारमा देखिने पक्का रहेको छ ।

प्रतिक्रिया दिनुहोस्