सिन्धुपाल्चोकका वडाध्यक्ष जुवाको खालबाट पक्राउ



काठमाडौं । सिन्धुपाल्चोकका एक जना वडाध्यक्ष काठमाडौंमा जुवाको खालबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–३ का वडाध्यक्ष ४३ वर्षीय छिरिङ लामा छन् ।

उनी कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । उनी सहित ५३ वर्षीय दोर्जे तामाङ र ४० वर्षीय दावा तामाङ पनि पक्राउ परेका छन् ।

उनीहरुलाई महानगरीय प्रहरी वृत्त, बौद्धको टोलीले जोरपाटीबाट पक्राउ गरेको हो ।

उनीहरुको साथबाट ४ बुक तास र २३ हजार रुपैयाँ पनि बरामद भएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्