
काठमाडौँ -२०१७ की ‘मिस नेपाल’ विजेता निकिता चण्डकले चलचित्र ‘रानी महल’बाट चलचित्र क्षेत्रमा प्रवेश गर्ने भएकी छिन् । नायिका बर्षा सिवाकोटीले चलचित्र छाडेपछि यो चलचित्रमा निकिता काम गर्न राजी भएको बताइएको छ ।निकितालाई फिल्मको कथा पनि मन परेको छ ।
यद्यपि यो फिल्ममा उनले लि एको पारिश्रमिकक कुरा भने बाहिर आएको छैन् ।अब, केहि दिन निकिताले वर्कशप गर्नेछिन् । त्यसपछि, चलचित्रका लागि उनको पहिरन तयार गरेर छायांकनमा जाने तयारी निर्माणपक्षको छ । चलचित्रमा कलाकार प्रशान्त ताम्राकारको ठाउँमा पुराना नायक अर्जुनजंग शाही फाइनल भैसकेका छन् । हिमाल न्यौपानेले यो चलचित्रको निर्देशन गर्दैछन् ।





