
केन्ट, बेलायत, २ वैशाख २०७५
गीतकार दिलसिङ् मेन्याङ्बोको आउने एल्बम ‘दिलको सृजना’ एल्बमको पहिलो गीत ‘कस्ले भन्छ खुशी छु म’ बोलको गीत युट्युब मार्फत लोकार्पण गरेका छन् ।
ताप्लेजुङ थेचम्बु जन्मथलो भई झापा, शिवसताक्षी नगरपालिका वडा नम्बर ५ सृजना चोक बसाई सरेका, हाल हाईवेकम बेलायत कर्मथलो बनाई कार्यरत लिम्बू समुदायको सामाजिक संस्था किराँत याक्थुङ् चुम्लुङ्को बर्तमान केन्द्रिय अध्यक्ष गीतकार दिलसिङ् मेन्याङ्बोका उक्त एल्बमको सबै गीतहरू रेकर्ड भई सकेका छन् । ‘कस्ले भन्छ खुशी छु म’ गीतमा संगीत स्वयं दिलसिंहले भरेका हुन् भने उक्त गीतमा सानो भूमिका पनि निर्वाह गरेका छन् । यस गीतमा स्वर ब्रबिम शेर्मा, सिनेमाटोग्राफी रविन्द्र बराल भने डाईरेक्सन र पोष्ट प्रोडक्सन सुल्तान इधिङ्गो तथा सुल्तान प्रोडक्सनको रहेको छ ।
उक्त एल्बमका अन्य २ म्युजिक भिडियोहरू ‘बैशलाई हेरेर’ र ‘आज मेरो बिदाईको’ म्युजिक भिडियो हरू पनि युट्युमा राखिसकेका छन । ‘बैशलाई हेरेर’ मा दिपक लिम्बूको स्वर, संगीत कुमार लिम्बू र किशोर सुब्बाले निर्देशन गरेका छन् । ‘आज मेरो बिदाईको’ बोलको गीतमा मेलिना राईको स्वर, चोक गुरुङको संगीत र किशोर सुब्बाले निर्देशन गरेका छन ।
गीतकार गीत, संगीतमा मात्र नभएर बेलायत बसी सामाजिक र कल्याणकारी कामहरूमा पनि ब्यस्त रहन्छन ।





