
फिल्म ‘हैरान’ को शिर्ष गीत सार्वजनिक गरिएको छ । गीतमा शब्द र संगीत सत्यराज आचार्य र स्वरूपराज आचार्यको रहेको छ भने यसलाई सत्य(स्वरूपले सरगम आचार्य र बबिता मनाधरसंग मिलेर गाएका छन् । यसमा गिरिश खतिवडाको र्याप रहेको छ भने यसलाई राजन इशानले एरेन्ज गरेका हुन् । गम्भीर विष्टको कोरियोग्राफीमा तयार गीतमा सरोज खनाल , सत्यराज आचार्य , निर्मल शर्मा ,गजित विष्ट , सागर लम्साल , निश्मा घिमिरे , एन्जल राई , शिशिर भण्डारी ,आरोही शर्मा लगायतका सम्पूर्ण कलाकार देखिनेछन् । विश्कै कान्छा निर्देशक सौगात विष्टको निर्देशनमा तयार भईरहेको फिल्मलाई कमेडी जनरमा तयार पारिएको छ ।





