‘कृ’ अभिनेत्री अदितीले तत्काल नेपाली फिल्ममा काम नगर्ने !



काठमाडौँ -पहिलो फिल्म ‘कृ’मा अभिनय गरेपछि मुम्बइ हानिएकी अदिति तत्काल नेपाली फिल्ममा फर्केर काम गर्ने सोचमा छैनन् । मुम्बइमा डान्स र भाषाको क्लास लिइरहेकी उनले आफ्नो डान्स र भाषाको क्लास सकेपछि मात्र नेपाली फिल्ममा काम गर्ने तयारी गरेकी छिन् । तर, उनी हतार गर्ने सोचमा छैनन् । कारण, फिल्ममा काम गर्ने भन्ने वित्तिकै पनि हुँदैन ।

राम्रो कथा र व्यानर पनि पाउनुपर्छ । अदिती राम्रो ब्यानर र कथाको अफर आएमात्र नेपाली फिल्म खेल्ने सोचमा छिन् । बलिउड फिल्ममा पनि आफूलाई अगाडि बढाउन कसरत गरेकी अलितीको माग नेपाली फिल्ममा अपेक्षा गरेअनुसार भएको छैन ।

प्रतिक्रिया दिनुहोस्