२० हजारको केक काटी पुर्व प्रधानमन्त्री खनालद्वारा “बिग होटल”को शुभारम्भ



विराटनगर, २ बैशाख

नयाँ वर्षलाई मध्यनजर गर्दै बिराटनगरमा दुई ठूला होटल र सपिङ महल शुभारम्भ गरिएको छ । सेवालाई आजैबाट बिग होटल सञ्चालनमा आएको छ ।

नेपालीहरुको नयाँ बर्ष २०७५ लाई स्वागत गर्दै बैशाख १ बाट विराटनगरमा एक अर्ब बढीको लगानीमा सपिङ महलसँगै ३ स्टार लेवलको होटल पनि सञ्चालनमा आएको छ । विराटनगर धरान रोडमा व्यापारिक सपिङ महल र विराटनगरमा बिग होटल सञ्चालनमा आएको हो ।

शनिबार साँझ एक कार्यक्रम विच पूर्व प्रधानमन्त्री झलनाथ खनालले २० हजारको केक काटेर विराटनगरमा रहेको बिग होटलको उद्घाटन गरेका थिए । उनको साथमा होटलका दुई सञ्चालक विरेन्द्र न्यौपाने र रुकमणी राजभण्डारी पनि सयुक्तरुपमा पुजापाठ गरी होटलको शुभारम्भ गरेका थिए ।

शुभारम्भ पस्चात आयोजित पत्रकार सम्मेलनको आयोजना गरी विराटनगरमा एउटा फरक शैलीबाट ग्राहकलाई सेवासुविधा प्रदान गर्नेउद्धेस्यका साथ सञ्चालनमा ल्याईएको होटलका सञ्चालक विरन्द्र न्यौपानेले जानकारी दिए ।

करिब ५० करोडको हाराहारीमा सञ्चालनमा ल्याईएको होटलमा अत्याधुनिक सेवासुविधा सहितको रेष्टुरा ,बार ,क्याफे , लाईभम्यूजिक, सेमिनार हल, स्विमिङपुल सहित ६ तले विल्डीङमा रहेको अर्का सञ्चालक रुकमणी राजभण्डारीले जानकारी दिए ।

३ वर्ष अघिबाट निमार्ण कार्यको सुरु गरिएको होटलमा सुबिधा युक्त एसी डिलक्सका ५३ कोठा रहेको होटलका जनरल म्यानेजर केशवप्रसाद पौडेलले जानकारी दिए ।

होटलमा लामो समय देखि विदेश तथा नेपालका स्टार लेवलका होटलमा अनुभव भएका कुक, वेटर तथा कर्मचारीहरु कार्यरत रहेको विग होटलका मार्केटिङ मेनेजर नरेश श्रेष्ठले जानकारी दिए ।खानपानको प्रवन्द्ध मिलाएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्