चितवन राष्ट्रिय निकुञ्ज भित्र माछा खान प्रतिबन्ध



चितवन ,२ बैशाख

चितवन राष्ट्रिय निकुञ्ज भित्र माछा खान प्रतिबन्ध लगाइएको छ ।

निकुञ्ज कार्यालय अन्तर्गतको मुख्य कार्यालय ,सेक्टर कार्यालय ,रेन्जपोष्ट ,सुरक्षा पोष्ट लगायत निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेना ,निकुञ्ज कार्यालयका कर्मचारीहरु बस्ने मुख्य क्षेत्रहरुमा माछा खान प्रतिबन्ध लगाइएको हो ।

निकुञ्ज क्षेत्र भित्र पर्ने नारायणी ,राप्ती र रिउ नदिमा जाल ,करेन्ट लगाएर माछा मार्ने क्रम बढ्दै गएको र त्यसको नियन्त्रणको लागि निकुञ्ज हाताभित्र माछा खान प्रतिबन्ध लगाइएको चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसराको प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले जानकारी दिए ।

निषेधित क्षेत्रमा माछा मार्न प्रतिबन्ध लगाइएकोमा निकुञ्ज कै कर्मचारीले वेवास्ता गर्ने गरेको र उनीहरुले नै माछा मार्न लगाउने गरेको आरोप आउने गरेकोले ती आरोपलाई रोक्न र कर्मचारी र सेनालाई थप जिम्मेवार बनाउन निकुञ्जहाता भित्र बैशाख १ गतेदेखी माछा खान रोक लगाइएको ढकालले बताए ।

निकुञ्ज र कर्मचारी बस्ने स्थानमा पोखरीको माछा समेत खान प्रतिबन्ध लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्