
काठमाण्डौ, ३० चैत २०७४
सार्वजनिक स्थलहरुमा लिङ्गका आधारमा हिंसा र दुर्व्यवहारका घटना हुदा पिडित चुप लागेर वस्दा दुर्व्यवहार र हिंसा घट्नुको सट्टा वढ्ने काठमाण्डौ महानगरिय प्रहरी कार्यलयका वरिष्ठ प्रहरी उपरिक्षक पुर्ण चन्द्र जोशीले वताएका छन । युथ एड्भोकेसी नेपालले एक्सन एड नेपालसँगको सहकार्यमा आज राजधानीमा आयोजना भएको सडक दुर्व्यवहार अन्त्यमा युवाको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा उक्त कुरा वताएका हुन । हिंसारहित समाज विश्वमा नभएकोले यसको अन्त्य गर्नका लागि सामुहिक रुपले शसक्त आवाज उठान गर्नुपर्नेमा जोशीको जोड थियो । एक अर्को प्रसङ्गमा सार्वजनिक स्थलमा भएका दुर्व्यवहार र हिंसालाई नियन्त्रण गर्नका लागि नेपाल प्रहरीले सेफ्टिपनि क्याम्पियन संचालन गरेको जानकारी गराउदै कुनै हिंसा र दुर्व्यवहारका घटना भएमा १०० मा फोन गरी मुद्धा दर्ता गराउन जोशीले सहभागिलाई आग्रह गरेका थिए ।
सार्वजनिक यायायातमा महिलाहरुको लागि आरक्षण सिटको व्यवस्था गरिएको भए पनि त्यसको प्रभावकारी कार्यन्वयन नभएको कार्यक्रमकी विशेष अथिति वक्ता राष्ट्रिय महिला आयोगकी प्रतिनिधि मधु अर्यालको जिकिर थियो । आफु महिला आयोगको कर्मचारी भए पनि धेरै पटक सार्वजनिक यातायातमा दुर्व्यवहार र हिंसा भोगेको अर्यालको भनाई थियो ।
हिंसा र दुर्व्यवहारलाई नियन्त्रण नगर्ने हो भने यसले वलत्कारलाई प्रोत्साहित गर्ने कार्यक्रमको कार्यपत्र प्रस्तोता तथा महिला अधिकारकर्मी भगवती अधिकारीको भनाई थियो । एक अर्को प्रसङ्गमा सार्वजनिक स्थलमा हुने दुर्व्यवहार तथा यौनिक हिंसालाई समाजले सामान्य रुपमा लिईरहेको वताउदै यसको अन्त्य गर्नमा युवाहरु शसक्त रुपमा लाग्नु पर्नेमा अधिकारीको जोड थियो ।
अन्तर्राष्ट्रिय तथा राष्ट्रिय कानुनले स्वतन्त र निर्भयपुवर्क सवै मानिसहरुलाई हिँडडुल गर्ने अधिकार प्रत्योजन गरेको भए पनि त्यसको व्यवहारिक र प्रभावकारी कार्यन्वयन नभएको कार्यक्रमका अध्यक्षता गर्नु भएका युथ एड्भोकेसी नेपालका अध्यक्ष नरेन खतिवडाको भनाई थियो । सडक दुर्व्यवहार र हिंसा गंम्भिर मानवअधिकार उल्लङ्गन भएकाले यस्को अन्त्य युवाहरुले निरन्तर अभियान संचालन गर्नु पर्ने खतिवडाको भनाई थियो । कार्यक्रममा सहभागिहरुले सार्वजनिक स्थलमा भएका दुर्व्यवहार र हिंसाका घनाहरुलाई प्रस्तुत गरेका थिए । ६० भन्दा वढी युवाहरुको सहभागितामा आयोजना भएको कार्यक्रमलाई युवा अधिकारकर्मी श्रृष्टी सिग्देलले संचालन गरेकी थिईन ।












