
काठमाण्डौ, ३० चैत्र २०७४
सिद्देश्वर वुढानिलकण्ठ सरोकार समाजद्वारा कपन ह्यान्डबल ग्राउण्डमा आयोजित खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिताको फाईनल खेलमा नारायणटार फुटसललाई ३–१ ले पराजित गर्दै डुकु फुटसल विजेता बनेको छ ।
विजेता डुकु फुटसल टिमलाई ट्रफी सहित नगद रु १,०००००/- (एक लाख) र उप-विजेता नारायणटार फुटसल टिमलाई ट्रफी र सहित नगद रु. ५०,०००/- (पचास हज्जार) प्रमुख अतिथि गगन थापाले प्रदान गरेका थिए । कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका वडा नं. १० का वडा अध्यक्ष नवराज भट्टराईको पनि सहभागिता थियो ।







