
काठमाडौं – यस वर्षको मिस नेपाल ‘मिस नेपाल वर्ल्ड २०१८’ हेटौडाकी श्रृङ्खला खतिवडा भएकी छिन् ।
बुधबार राति सम्पन्न ग्राण्ड फिनालेमा २४ प्रतिस्पर्धीलाई पछि पार्दै खतिवडाले मिस नेपालको ताज पहिरन सफल भएकी हुन् ।
मिस नेपाल २०१८ को प्रतिस्पर्धामा शृंखला खतिवडा नम्बरको हिसाबले अन्तिम प्रतिस्पर्धी थिइन् । २५ जना प्रतिस्पर्धीमध्ये शृंखलाको रोल सबैभन्दा अन्तिममा आउँथ्यो ।
तर बुधबार राति अन्नपूर्ण होटलमा आयोजना भएको मिस नेपाल प्रतियोगितामा शृंखला बाँकी २४ जनालाई पछाडि पार्दै पहिलो भइन् र मिस नेपालको ताज पहिरिन सफल भइन् ।
खतिवडाले अब मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्न पाउनेछिन् ।
































