
प्रतिभावान् युवा ईरोइको पहिलो म्युजिक भिडियो ‘बेबी आई’ सार्वजनिक भएको छ । नयाँ धारका प्रतिभावान् गायक, मोडेल तथा निर्देशक ईरोइ श्रेष्ठको पहिलो आर. एन. बी गित बेबी आईको म्युजिक भिडियो सामाजिक सञ्जाल यूट्युब मार्फत सार्बजनिक भएको हो ।
कोरियन तथा थाईल्यान्ड शैली मा प्रस्तुत गरिएको भिडियो लाई ईरोइ आँफैले निर्देशन गरेका छन् । गायक आँफैले अभिनय गरेको म्युजिक भिडियोमा सोन्या तामाङ्ले उनलाई साथ दिएकी छिन् । भिडियोलाई शिशिर श्रेष्ठले छाँयाकन गरेका हुन् ।
इरोइ श्रेष्ठको आवाज रहेको गितमा अद्वित प्रताप रानाको शब्द तथा सँगित छ भने बृजेस श्रेष्ठले संगीत संयोजन गरेका छन् ।





