साहरुखले छोरीसँग प्रेम गर्ने युवकका लागि बनाए ७ नियम



अधिकांश दर्शकको मनमा बस्न सफल बलिउडका चर्चित नायक साहरुख खान पारिवारिक कुरामा पनी राम्रो मानिन्छ । साहरुखलाई मन पराउने लाखौ दर्शकले साहरुखको परिवारलाई मन पराउनु पनी स्वभाविक नै हो । पछिल्लो समय साहरुखको छोरी सुहानाको पहिरन देखि पार्टीलाई लिएर मिडियामा निकै नै गसिप आएका छन् । साहरुख पनी आफ्नो छोरी सुहानाको विषयलाई लिएर निकै नै गम्भीर देखिन्छन । यसबारे साहरुखले एक फेसन म्यागेजिनसंग गरिएको अन्तर्वार्तामा आफ्नो छोरी सुहानालाई प्रेम गर्न चाहने युवकको लागि यस्ता ७ नियम बनाएका थिए ।

यस्ता छन् ७ नियमहरु :
१. तिमि सुहानालाई जस्तो व्यवहार गर्छौ म पनी तिमीलाई त्यस्तै व्यवहार गर्नेछु ।
२. यदी तिमीले उसलाई दुख दियौ भने भने तिमि जेल जान तयार हुनु पर्नेछ ।
३. सुहाना पाउनको लागि तिम्रो जागिर हुनु आवश्यक छ ।
४. सुहाना मेरी राजकुमारी हुन् भन्ने कुरा सधै याद राख, उसलाई तिमीले जितेका होइनौ ।
५. सधै यति बुझ कि म तिमीलाई मन पराउँदिन ।
६. म सधै तिमि प्रति नजर राखिरहेको हुन्छु ।
७. वकिल सधै तिम्रो साथमा नै हुन्छन ।
यो नियमले नै पुष्टी गर्छ कि साहरुखले आफ्नी छोरी सुहानालाई कति प्रेम गर्छन् भन्ने ।

प्रतिक्रिया दिनुहोस्