
बलिउड चर्चित अभिनेत्री ऐश्वर्या रायको सुन्दरताबारे उनका दर्शकहरुले खुलेरै चर्चा गर्ने गर्दछन् । उनको चर्चासंगै विवाद पनि सामाजिक संजालमा निकै देख्न पाइन्छ । कुनै समयमा ऐश्वर्याको नाम विवेक ओबरोय र सलमान खानसंग जोडिने गर्दथ्यो ।
सलमानसँग प्रेम सम्बन्धमा रहेकी ऐश्वर्या सलमानसँग ब्रेकअप भएपछि विवेक ओबरोयसँग सम्बन्धमा थिइन् । ऐश्वर्या र विवेक धेरै समारोहमासंगै देखिन्थे। तर उनले अहिलेसम्म आफू विवेकसँग प्रेम सम्बन्धमा रहेको कुरा स्वीकार भने गरेका उनीहरुले ‘क्यो हो गया ना’ फिल्म सँगै काम गरेका थिए। सन् २००१ मा सलमान र ऐश्वर्याको सम्बन्ध टुटेपछि एश्वर्या र विवेकको हिमचिम बढ्न थालेको थियो । उनीहरुको प्रेम सम्बन्धबारे सलमानलाई थाहा भएपछि
सलमानले मध्य रातमा विवेकलाई ४१ पटक फोन गरेर मार्ने धम्की दिएको कुरा विवेकले आफैले पत्रकार सम्मेलन गरेर भनेका थिए । त्यसपछि ऐश्वर्याले विवेकसँग टाढा हुन् खोजिन । साथै सम्बन्धमा चिसोपना बढेपछि विवेकले ऐश्वर्याको प्लास्टिक हाँसो र प्लास्टिक मन भएको बताएका थिए ।





