
गत बर्षको चर्चित कमेडी चलचित्र ‘जात्रा’ को सिक्वेल बन्ने पक्का भएको छ । सिक्वेलको नाम ‘जात्रै जात्रा’ राखिएको छ ।
मंगलवार निर्देशक प्रदीप भट्टराई र कलाकार रविन्द्र सिंह बानियाँबीच भएको सम्झौताबाट यस चलचित्रको नाम फाईनल गरिएको हो ।
फ्लोरमा जानु अगाडि नै यस चलचित्रको प्रदर्शन मिति तय गरिएको छ । यस चलचित्र वर्ष २०७५ को फागुन १७ गतेलाई तय गरिएको हो । निर्देशक भट्टराईले चलचित्र निर्देशन गर्नेछन् भने कथा पनि उनकै रहनेछ ।
‘जात्रै जात्रा’ मा विपिन कार्की, वर्षा राउत, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा लगायतका पुरानै कलाकारहरु दोहोरिने छन् भने केही नयाँ कलाकारको पनि इन्ट्री हुनेछ ।
निर्देशक प्रदीप भन्छन्, ‘जात्रा’ जहाँबाट अन्त्य भएको थियो ‘जात्रै जात्रा’ त्यहीबाट सुरु हुन्छ । तर, कथा भने नयाँ हुनेछ ।’ अहिले उक्त चलचित्रको स्क्रिप्ट फाइनल गर्ने तयारी भइरहेको छ ।





