
हाँस्य कलाकार केदार घिमिरे उर्फ माग्नेबुढाको आज जन्मदिन परेको छ । चर्चित हास्य शृंखला ‘मेरी बास्सै’ बाट माग्नेबुढाका रूपमा चर्चित घिमिरे
आजैका दिनबाट ४३ वर्ष लागेका छन् ।
कलाकार दीपकराज गिरीले घिमिरेको जन्मदिनमा फेसबुकमार्फत उनलाई शुभकामना दिएका छन् ।
टेलिसिरियल ‘मेरी बास्सै’ बाट आफ्नो छबी दर्शक माझ छाडेका घिमिरे अहिले एउटा चलचित्र खेलेबापत १० लाख रुपैयाँ पारिश्रमिक लिने हैसियतमा पुगेका छन् । उनले नायिका पूजा शर्माले बनाएको ‘रामकहानी’ चलचित्रमा १० लाख पारिश्रमिक लिएका हुन् ।





