
लामो समयको प्रतिक्षापछि दर्शकले कमेडियन सुनील ग्रोवरलाई शोमा देख्न पाएका छन् । उनी गत शनिबारबाट शुरु भएको वेब शो ‘दे धना धन’ मार्फत पर्दामा फर्किएका हुन् । कपिल शर्मा शोमा निकै रुचाइएका पात्र डा. महशुर गोलाटी बनेका सुनील यो शोमा शिल्पा शिन्देका साथ देखिएका छन् ।
सुनील र बिग बोस ११ की बिजेता शिल्पा शिन्देको नयाँ यो शो ‘दे धना धन’ दर्शकले निकै मन पराए । शोले दर्शकका लागि कमेडी र क्रिकेटको भरपुर डोज ल्याएको छ ।
शोका लागि अहिलेसम्म सकारात्क प्रतिक्रिया मात्र मिलिरहेको छ । यो शो जियो एपमा शनिबार ७ः ३० आउने गर्दछ । शोमा सुनील नक्कली अमिताभ बच्चनका रुपमा प्रस्तुत भएका छन् ।
सुनीलले शोको सुरुवात ‘देबियो और सज्जनो’बाट गर्ने गरेका छन् । शोमा उनको साथमा सुगन्धा मिश्रा लता मंगेश्कर बनेर देखिएकी छन् । शोमा अली अुगर पनि देखिएका छन् । जो ठाकुरको भुमिकामा देखिएका छन् ।
शोमा बाहुबलीका चर्चित पात्र कटप्पा पनि देखिए । जसले ‘जियो’ बाहुबली नारा लगाएका थिए । शोमा सुनील प्रोफेसर एलबिडब्लुको रुपमा समेत देखिएका थिए ।
युट्युवको भिडियो कमेन्ट बक्समा दर्शकले शो राम्रो रहेको कमेन्ट गरेका छन् ।





