
काठमाडौं, २८ चैत / एटम शर्मा
राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्रा. डा. पुष्प कडेल नियुक्ति हुनु भएको छ । सरकारले कडेललाई राष्ट्रिय योजना आयोगको उपाध्यक्ष जस्तो गहन जिम्मेवारी दिएको हो । उहा एमाले केन्द्रिय लेखा आयोगका अध्यक्ष समेत रहेका छन् ।
को हुन् कँडेल ?
नेकपा एमालेका नेता कडेलले झण्डै ३ दशक एमालेको आर्थिक नीति निर्माणमा खर्चिएका थिए । प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक सूचीमा समेत परेका थिए ।
उनले कतिपय अवस्थामा भने स्थान नपाएको बताएपनि त्यसको लागि समय आउँने तर्क गर्ने गर्थे । ‘आफूले धेरै चाहना पनि नगरेकाले सार्वजनिक पद धारण गर्न नपाएको हुँ तर पार्टीभित्रका हेभिवेटहरुले समेत कतिपय अवस्थामा ठाउँ पाएका छैनन् । म जुनियर नै हुँ ।’
एमाले केन्द्रिय लेखा आयोगका अध्यक्ष रहेका कँडेल २०४९ सालदेखि लेखा आयोगका सदस्य थिए । आर्थिक विश्लेषकका रुपमा पनि चिनिएका कँडेल देशको सम्बृद्धिका लागि भ्रष्ट्राचार अन्त्य र आर्थिक पारदर्शिता नै मूल कुरा भएकोमा जोड दिन्छन् ।





