
मिस नेपालको उपाधिका लागि २५ प्रतिस्पर्धीबिच वर्षको मिस नेपाल छनोट आज हुदैछ ।
राजधानीको अन्नपूर्ण होटलमा साँझ मिस नेपालको फाईनल हुनेछ । विजयी युवतीलाई निकिता चाण्डकले ताज पहिराउने छिन् । मिस नेपाल बन्न सफल युवतीले मिस वर्ल्डमा नेपालबाट प्रतिनिधित्व गर्न बिगत देखी नै पाउने गरेका छन् ।
फर्स्ट रनर अपले मिस अर्थमा र सेकेन्ड रनरअपले मिस इन्टरनेसनमा नेपालको प्रतिनिधित्व गर्नेछिन् भने चौथोमा रहनेले मिस एसिया प्यासेफिक इन्टरनेसनलमा सहभागि हुने पाउने छन् ।





