आफ्नो ग्राहकलाई ढाकाटोपी लगाईदिएर वार्षिकोत्सव



युएई, चैत २७

युएईमा व्यवसाय गर्ने नेपालीले आफ्नो व्यवसायको वार्षिक उत्सव फरक शैलीमा मनाएका छन । कामदारका रुपमा युएईका आएका नेपालीले सन्चालन गरेको द एभरेस्ट रेष्टुरेण्ट एन्ड क्याटरिङ कम्पनीले ९ देशका ८ सय नागरिकलाई ढाका टोपी लगाइदिएर वार्षिक उत्सव मनाएको हो ।

पुरुषलाई ढाका टोपी र महिलालाई ढाकाको हाते ब्याग दिएर बार्षिकउत्सव मनाएको कम्पनीका सञ्चालक प्रेमराज ढकालले जानकारी दिनुभयो । १० बर्ष पहिले कामदारका रुपमा युएई आएका भोजपुरको याखुका ढकालको कम्पनीले एसिया र अफ्रिकी गरी ९ देशका ८ सय नागरिकलाई सेवा दिँदै आएको बताउनुभयो ।

ढकालको एकल लगानीमा सञ्चालित कम्पनीमा १७ जना नेपाली सहित पाँच जना भारतीय र तीन जना पाकिस्तानी नागरिकले रोजगारी पाएका छन् । -उज्यालो

प्रतिक्रिया दिनुहोस्