
पाकिस्तानमा एक अचम्म लाग्दो घटना घटेको छ । पाकिस्तानको पन्जाब स्गित हफिजाबादमा एक व्यक्तिलाई प्रहरीले कुखुरालाई बलात्कार गर्ने कोशिस गरेको आरोपमा गिरफ्तार गरेको छ ।
पक्राउ परेका ती व्यक्ति सेक्शुअल फ्रस्ट्रेड भएको प्रहरीले जनाएको भारतीय मिडियाले जनाएका छन् । मनसब अली नामका ती व्यक्ति विरुद्ध छिमेकीले उजुरी दर्ता गराएका थिए ।
उजुरीमा मनसबले पहिले कुखुरा गायव गरेको र त्यसपछि बलत्कार गरेको आरोप लगाइएको छ । प्रहरीले मरेको कुखुराको मेडिकल टेस्ट समेत गराएको छ । मनबले आफुले अपराध गरेको स्विकार गरेका छन् । एजेन्सी





