राष्ट्रियताको सवालमा लिएको अडानले नै ओलीलाई सबैले मानेका हुन् : अग्नि सापकोटा



काठमाडौं, २६ चैत

चीनसँग जोड्ने सबैभन्दा महत्वपूर्ण तोतोपानी नाका तीन बर्षसम्म नखोल्नु सरकारको सबैभन्दा ठूलो कमजोरी हो।आर्थिक समृद्धिको कुरा हामी गरिरहेको छौ तर करोडौं राजश्व उठ्ने नाका नखोल्नु राज्यको कमजोरी छ।माउण्टेन टेलिभिजनको कार्यक्रम खरो प्रश्नमा कुराकानी गर्दै माओवादी केन्द्रका सांसद अग्नि सापकोटाले उक्त कुरा बताएका हुन्।

राजनीतिक र कुटनितिक तहमा कुरा गरेर तातोपानी नाका चाँडै खोलिनुपर्छ।आर्थिक समृद्धिका कुरा गर्ने तर छिमेकी देशको महत्वपूर्ण नाका नखोल्ने कुरा ठिक नभएको सापकोटाले बताए।

चिनियाँ अधिकारीको सुरक्षा र जमिनको सुरक्षाको चासो रहने गरेको हुँदा चिनियाँ अधिकारीलाई विश्वास दिलाउन सक्नुपर्छ। सरकारले अलि भरपर्दो तरिकाले राजनीतिक र कुटनितिक तहमा कुरा गर्ने हो भने नाका पक्का खुल्ने पक्का भएको सापकोटाको दावी छ।

एमाले माओवादी पार्टी एकताको सवालमा कम्युनिस्ट पार्टीको चिन्ह हसिया-हथौडा भएको र एमालेको सूर्य चिन्ह २०४८ सालदेखि जनमानसमा भिजेको छ,सूर्य चिन्ह भित्र हसिया-हथौडा थप्दा अझैं राम्रो देखिन्छ,त्यसमा नेता-कार्यकर्ता सबैले गौरव गर्ने सापकोटाको भनाई छ।

राजनीतिक स्थायित्व र समृद्धिको लागी बाम एकता आवश्यक छ।वाम एकता चामत्कारिक रुपमा भएको सापकोटाको भनाई छ। प्रचण्ड गतिसिल नेता हुन्, उनी अस्थिर छैनन्।प्रचण्ड चुलबुले नेता पनि होइनन्। उनी नयाँनयाँ कुरा सोच्ने गर्छन्। लेनिनमा देखिएको गुण प्रचण्डमा छ। लेनिनलाई पनि चुलबुले नेता भनिन्थ्यो। लेनिनको गुण प्रचण्डमा भएको सापकोटाको बुझाई छ।

राष्ट्रिय,स्वाभिमान र स्वाधिनताका सवालमा प्रधानमन्त्री केपी ओलीले लिएको अडानको कारण ओलीलाई जनताले मानेका हुन्। ओली सहि कुरामा अडान लिनसक्ने क्षमता भएका नेता भएकोमा सापकोटाले प्रधानमन्त्री ओलीको तारिफ गरे।

प्रतिक्रिया दिनुहोस्