
बलिउड अभिनेता सलमान खान अब जेठमा नेपाल आउने भएका छन् ।शनिवार जोधपुर कोर्टले धरौटीमा रिहा गरेसँगै आइतबार उनको नेपाल दबंग टुरको नयाँ मिति घोषणा गरिएको हो ।नेपालस्थित आयोजक ओडीसी इन्टरटेनमेन्टलाई मुम्बईमा रहेको जेए इभेन्ट्सले पठाएको पत्रमा मे २६ तारिख अर्थात् जेठ १२ गते सलमानको दबङ टूर नामक सो आयोजनाका लागि निश्चित गरिएको उल्लेख छ ।
उक्त पत्र ओडिसीले आफ्नो औपचारिक फेसबुक पेजमा राखेकोका छ ।दबंग टुरको लागि सलमानसँगै कार्यक्रममा नायिका सोनाक्षी सिंहा, कृति सेनन, कोरियोग्राफर तथा चर्चित अभिनेता प्रभु देवा, डेजी शाह, मिट ब्रदर, मनिष पावल नेपाल आउने पत्रमा उल्लेख छ ।
यस अघि सलमान फागुन २६ गते नेपाल आउने तय गरिएको थियो तर अन्तिम समयमा विप्लव समूहको धम्कीलाई देखाउँदै स्थगित गरिएको थियो । बुझिएअनुसार आयोजकले ‘दबंग द टूर नेपाल’ का लागि टिकट बिक्री फेरि सुरु गरेको छ ।





