
काठमाडौँ। तेलगु चलचित्र उद्योगमा आफ्नो क्यारियर बनाउन कोसिसमा रहेकी एक नायिकाले बीच सडकमा अर्धनग्न भएकी छिन् । नायिका श्री रेड्डीले उक्त अर्धनग्न प्रदर्शनबाट तेलगु चलचित्र उद्योगमा रहेको कास्टिङ काउचको मुद्दा उठाउन त्यस्तो गरेकी हुन्।
उनले शनिबार फिल्म नगरस्थित तेलगु फिल्म च्याम्बर अफ कमर्स बाहिर आफ्नो कपडा उतारेर आफ्नो व्यथा सुनाउन थालिन्। भारतीय मीडियाको अनुसार नायिकालाई पक्राउ गरिएको छ। नायिकाले बताए अनुसार कैयौँ निर्माता र निर्देशकले उनलाई यौन शोषण समेत गरे।





