
एजेन्सी । छिमेकीको सफलता मन नपराउने धेरै हुन्छन् । अरुको सफलतामा कसैले बोलेरै असन्तुष्टि ब्यक्त गर्छन् भने कतिपयले कपट व्यवहार देखाएर । यस्तै एउटा घट्ना चीनमा घटेको छ जसको भिडियो समेत सार्वजनिक भएको छ ।
भिडियो चीनको साउथ हनानको हाइकोस्थित डोंगबेई नूडल रेस्टुरेन्टको हो । यहाँ एक व्यक्तिले रेस्टुरेन्टमा राखिएको बीफ सूप (गाईको मासुको झोल) मा पिसाब गर्दै गरेको क्यामेरामा रेकर्ड भएको छ । समाचारमा उल्लेख गरिएअनुसार आरोपी छेउकै रेस्टुरेन्टका मालिक हुन् । छिमेकी रेस्टुरेन्टको सफलताको डाहामा उनले यस्तो कार्य गरेका हुन् ।
घटना बाहिर कसरी आयो भने रेस्टुरेन्टका मालिकलाई बीफ जम्मा गरेको स्थानबाट अनौठो गन्ध आइरहेको थियो । गएर हेर्दा उनलाई शंका लाग्यो । अनि रेस्टुरेन्ट मालिकले सीसीटीभी चेक गरे जसबाट तथ्य बाहिर आयो । हेर्नुहोस् भिडियो ।





