जन्मदिनमा धुर्मुस सुन्तली फाउण्डेशनलाई बर्षाको सहयोग



मोडल तथा नायिका बर्षा शिवाकोटी आफ्नो जन्मदिन मनाउँदै छिन् । आफ्नो जन्मदिनको अवसरमा उनले धुर्मुस सुन्तली फाउण्डेशनको कार्यालय पुगी ५१ हजार सहयोग हस्तान्तरण गरेकी छिन् ।

आफ्नो जन्मदिनमा केही सामाजिक कामका लागि खर्च गरौं भन्ने सोचका साथ उनले फाउण्डेशनलाई सहयोग गरेकी हुन् । धुर्मुस सुन्तली फाउण्डेशनले तारिफ योग्य काम गरेको भन्दै उनले फाउण्डेशनको सफलताको शुभकामना समेत दिईन् ।

यता धुर्मुस सुन्तली फाउण्डेशनकी उपाध्यक्ष कुञ्जना घिमिरेले सहयोग प्रति आभार ब्यक्त गर्दै बर्षालाई जन्मदिनको शुभकामना प्रदान गरिन् । आफ्नै क्षेत्रबाट सहयोग आउँदा निकै खुसी लाग्ने बताउँदै उपाध्यक्ष घिमिरेले क्रिकेट स्टेडियम निर्माण बारे समेत जानकारी गराईन् ।

परिवर्तन खबर परिवारको तर्फबाट पनि बर्षा शिवाकोटीलाई जन्मदिनको लाखौं लाख शुभकामना ।

प्रतिक्रिया दिनुहोस्