
काठमाडौं २५ चैत: हिन्दु धर्मका गुरु आचार्य श्रीनिवास अज्ञात समूहले चलाएको गोली लागेर घाइते भएका छन् । विरानगरको जतुवामा बस्दै आएका श्रीनिवास आइतबार बिहान ३ बजेतिर शौच गर्न निस्किएका बेला उनीमाथि गोली प्रहार भएको प्रहरीले बताएका छन् ।

अज्ञात समूहले प्रहार गरेको गोली उनको छातीमा लागेर गम्भीर घाइते बनेका छन् । श्रीनिवास जतुवामा आइतबारदेखि सुरु हुने श्रीमद भागवत सप्ताहको तयारी भइरहेका थिए । गोली प्रहार गरेर फरार भएको अज्ञात समूहको खोजी भइरहेको प्रहरीले बताएका छन्





