भाटभटेनीमा आगलागी, नियन्त्रण हुन सकेन



काठमाडौं २५ चैत: भाटभटेनी भाटभटेनी सुपर मार्केटमा आगलागी भएको छ । बुटवल उपमहानगरपालिका–८ सुख्खानगरस्थित रहेको भाटभटेनीको शाखा मार्केटमा आगलागी भएको हो ।


आइतबार बिहान देखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । ६ तले भवनको माथिल्लो तलाबाट आगलागी भएको हो । अझै आगो नियन्त्रणमा आउन सकेको छैन । आगो नियन्त्रणमा लिन प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना जुटेपनि भवन अग्लो भएकाले समस्या भएको छ । बुटवल उपमहानगरपालिका र सिद्धार्थ नगरपालिकाका दमकलले आगो नियन्त्रण गर्न नसकेपछि कपिलवस्तु र नवलपरासीको दमकल झिकाएको प्रहरीले जनाएका छन् ।

के कारणले आगलागी भएको त्यो खुलेको छैन । आगो नियन्त्रण आइनसकेको क्षतिको विवरण पनि आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्