काठमाण्डू-रक्सौल रेलमार्ग बनाउने सहमति



राजधानी काठमाण्डूलाई भारतीय सीमावर्ती क्षेत्रसँग रेलमार्गले जोड्ने योजनामा नेपाल र भारतले सहमति जनाएका छन्।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच दिल्लीमा शनिवार औपचारिक भेटवार्ता भएपछि जारी संयुक्त वक्तव्यमा उक्त सहमतिबारे विस्तृत खुलाइएको छ।

सहमति अनुसार भारतीय पक्षले एक वर्षभित्र उक्त रेलमार्गको प्रारम्भिक सर्वेक्षण एक वर्षभित्र पूरा गर्नेछ।

प्रतिक्रिया दिनुहोस्