
एजेन्सी । स्पेनिस क्लब रियल म्याड्रिडका खेलाडी रोनाल्डोले कर छलिको मुद्धा खेप्दै आएको छ । त्यस्तै अर्का बार्सिलोनाका खेलाडी मेस्सी र उनका बुवा माथि पनि कर छलिको मुद्धा लागेको छ ।
यी दुबै खेलाडीले कर तिर्न नसके जेल सजाय समेत भोक्नु पर्ने अवस्था आउने छ । स्पेनको कर एजेन्सीका अनुसार यदि रोनाल्डोले जेल सजाय स्विकार गरे उनले तिर्नु पर्ने कर कम हुने कुरा बाहिर आएका छन् । एक रिपोर्टका अनुसार रोनाल्डोले सानो जेल सजाय भोग्नुका साथै करिब १० मिलियन युरो समेत तिर्नु पर्ने हुन्छ ।





