सोनम कपुर : सुन्दरताको रहस्य



सोनम कपुर बलिउडकी स्टाइलिस हिरोइन हुन् । बाहिरी सुन्दरतासँगै उनी आफ्नो स्वास्थ्यलाई लिएर पनि उत्तिकै सजग छिन् । स्वस्थ्य खानपान र जीवनशैलीले उनको आवरणलाई सुन्दर देखाएको छ ।

उनी प्रत्येक २ देखि ३ घन्टामा नरिवलको पानी पिउँछिन्, जसले उनको छालालाई राम्रो अवस्थामा राखिराख्छ । बलिउडमा प्रवेश गर्नुअघि उनी निकै मोटी थिइन् । तर, कडा डाइट चार्ट फलो गर्न थालेपछि उनले आफ्नो तौल घटाइन् ।

डाइट चार्ट

ब्रेकफास्ट : अटमिल्स र फलफूल
लन्च : दाल, सब्जी, सलादसँगै चिकेन वा माछाको एक पिस
स्न्याक्स : उच्च फाइबरयुक्त खाद्यान्नसँगै चिकेन वा अन्डाको सेतो भाग
डिनर : सुप, सलाद र चिकेन

बाहिरी सुन्दरताका लागि

अनुहारमा सनस्क्रिन क्रिम लगाएर मात्रै घरबाट निस्किन्छिन् । नरिवल र अलमन्डको तेल मिसाएर कपालमा लगाउँछिन् । कोनएयर हेयरब्रेसको प्रयोग गरेर कपाल कोर्छिन् ।

कपाल सुन्दर बनाउन फ्रेन्च कम्पनी केरासटेसका उत्पादन प्रयोग गर्छिन् । धेरै केमिकलयुक्त उत्पादन प्रयोग गर्दिनन् ।

प्रतिक्रिया दिनुहोस्