चैत्र २४ गते रक्तदान कार्यक्रम हुँदै



काठमाडौँ, २३ चैत २०७४

“रक्तदान जीवनदान” भन्ने नाराका साथ नवोदय बहुउद्देश्यीय सहकारी संस्थाले दशौ वार्षिकोत्सवको अवसर पारेर  मिति २०७४-१२-२४ गते शनिबार संस्थाको  प्रांगढमा रक्तदान आयोजना गर्न लागेको छ ।

सहकारी संस्थाहरुले व्यवसायिक मात्र होईन सामजिक उत्तरदायित्व पनि निर्वाह गर्नुपर्छ भन्ने उद्देश्यले प्रत्येक बर्ष रक्तदान, सरसफाइ जस्ता काम गदै आएको संस्थाका कोषाध्यक्ष बिष्णुप्रसाद भट्टराईले बताउनुभयो ।

उक्त रक्तदान कार्यक्रमले काठमाडौं उपत्यकामा भईरहेको रगत अभावमा थोरै मात्र भएपनि सहयोग पुग्ने आशा संस्थाका अध्यक्ष राजन आचार्यको रहेको छ । साथै सो कार्यक्रममा संस्थाका शेयर सदस्यहरु लगायत सामाजिक संघसंस्थाहरुको साथ रहने जानकारी पनि गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्