तीन वर्षसम्म फ्रिजमा मरिसकेकी आमाको शव राखेर यसरी कमाउँथे महिनाको ५० हजार



काठमाडौं, २३ चैत

पश्चिम बंगालको राजधानी कोलकातामा एक व्यक्तिले पेन्सन पाउनकालागि आफ्नी आमाको लाश तीन वर्षसम्म फ्रिजरमा सुरक्षित राखेको खुलेको छ। भारतीय संचारमाध्यमका अनुसार ती महिलाले प्रत्येक महिला ५० हजार रुपैयाँ पेन्सन पाउँथिन्। २०१५ मा उनको निधन भएको थियो। तर उनका छोराले आमाको अन्तिम संस्कार नगरी आमाको शवलाई लुकाएर राखेका थिए।

उनले शव नबिग्रियोस भनेर शवमाथि केमिकल एम्बामिङ अर्थात लेप लगाएका थिए। प्रत्येक महिना छोराले आमाको औंलाको छाप लिएर पेन्सन लिने गरेको खुलासा पनि भएको छ। प्रहरीले फ्रिजरबाट महिलाको शव बरामद गरेको छ भने छोरालाई सोधपुछकालागि नियन्त्रणमा लिएको छ।

आरोपीको नाम सुब्रतो मजुमदार हो। उनी पेशाले लेदर टेक्नोलजिस्ट हुन्। उनकी आमा बीना मजुमदार फूड कर्पोरेशन अफ इण्डियामा अफिस थिइन्। अवकाशपछि सरकारले उनलाई मासिक ५० हजार पेन्सन दिन्थ्यो। तीन वर्ष पहिला एक विमारीक कारण उनको निधन भएको थियो। आमाको निधनपछि आरोपीले आमाको औंलाको छाप लिएर प्रत्येक महिना पेन्सन लिँदै आएका थिए। -एजेन्सी

प्रतिक्रिया दिनुहोस्