
विराटनगर, २२ चैत
विराटनगर विमानस्थलमा शनिबार एक भारतीय नागरिकको झोला चेक गर्दा प्रहरी अचम्मीत भएको छ ।
विराटनगर विमानस्थलमा खटिएका प्रहरीले श्रीएयरलाईन्सको उडानबाट काठमाडौँ जान लागेका एक भारतीय नागरीकको झोलामा प्राप्त सामान देखेर आश्चर्यमा परेको हो ।
कलकत्ता घर भएका ४० बर्षीय नारायण सामन्तोप्रति शंका लाग्दा उनको झोला प्रहरीले चेक गरेको थियो ।
ती व्यक्तिको झोलाबाट प्रहरीले मोति मालाको दाना आकारको ३ सय ९४ थान र पालतो सानो पाता १ थानको सुन फेला पारेको थियो । यी सामान सहित नारायणलाई प्रहरीले पक्राउ गरेको छ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।





