
तपाईंको सानो सावधानीले पनि ठूलो समस्याबाट टाढा राख्ने भएकाले स्वस्थ रहन यी कुराहरुलाई ध्यान दिनुहोस् :
– घामको ‘अल्ट्राभाइलेट’ किरणले आँखालाई धेरै असर गर्छ । यो प्रकाशले आँखामा मोतियाविन्दुको समस्यासम्म आउनसक्छ ।
गर्मीमा घामको सिधा प्रकाश छेक्ने चस्मा लगाउनुहोस् । घाम छेक्ने चस्मा गुणस्तरीय हुन आवश्यक छ । यसले तपाईंको आँखामा – घामको अल्ट्राभाइलेट किरणबाट बचाएर राख्छ ।
– कालो रंगबाहेक अन्य अल्का रंगको छाताको प्रयोग गर्नुहोस् ।
– बाहिर हिड्दा अनुहारलाई ढाकेर हिड्ने गर्नुहोस् ।
– गर्मीमा शरिर सुख्खा हुनसक्छ । त्यसैले प्रशस्त मात्रामा पानी पिउनुहोस् । प्रसस्त मात्रामा पानी पिउँदा तपाईंको शरिरमा पानीको मात्रा कम हुँदैन र डिहाइड्रेसनबाट हुने समस्याबाट बच्न सकिन्छ ।
तर एकदमै पसिना आइरहेको अवस्थामा तुरुन्तै चिसो पानी भने नपिउनुहोला । यसले तपाईंको स्वास्थ्यमा फाइदा कम हानी ज्यादा गर्छ ।
– खाली पेट बाहिर नजानुहोस् र घाममा धेरैबेर बस्दै नबस्नुहोस् ।
माथि दिएको जानकारी तपाईलाइ कस्तो लाग्यो ? ज्ञानबिज्ञान हेर्न र सेयर गर्न नभुल्नुहोला ।





