स्वतन्त्र सांसदलाई पनि कार्यालय



काठमाडौं २२ चैत: संघीय संसद सचिवालयले स्वतन्त्र सांसदलाई छुट्टै कार्यालय उपलब्ध गराएको समाचार अाजकाे नेपाल समाचारपत्रमा छापिएको छ । सचिवालयले पूर्वतयारी गर्दा सुरुमा सबै स्वतन्त्र सांसदलाई संयुक्त रुपमा एउटै कार्यालय दिने योजना बनाएको थियो ।

सचिवालयका प्रशासन महाशाखा सह सचिव राजकुमार दुराले भने, ‘उहाँहरुले कोठा माग्नुभयो । केही कोठा खाली थिए, त्यसैका आधारमा छुट्टै कोठा दिएका हौं । उहाँहरुलाई पनि आवश्यक न्यूनतम सुविधा दिने तयारी भइरहेको छ ।’

प्रतिनिधिसभामा समानुपातिक ३ प्रतिशत मत नआएको र प्रतक्ष्यतर्फ १ सिट नजितेका दलको हैसियत स्वतन्त्र रहने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्