
लालबन्दी, सर्लाही, २१ चैत्र
नेकपा (एमाले) लालबन्दी नगर कमिटीले भौतिक पूर्र्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको स्वागत तथा सम्मानमा आइतबार ‘भेटघाट तथा सम्मान कार्यक्रम’को आयोजना गर्यो ।
एमाले लालबन्दी नगर कमिटी संयोजक डिल्लीप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्यसमेत रहेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री महासेठलाई पार्टीको लालबन्दी नगर कमिटीका तर्फबाट कार्यकाल सफलताको कामनासहित बधाई ज्ञापन गरिएको थियो ।

मन्त्री महासेठलाई लालबन्दी नगरपालिकाका मेयर मानबहादुर खड्का एवम् उपमेयर शान्ति लामाले स्वागत गर्दै लालबन्दीको चिनो उपहार प्रदान गरेका थिए । प्रदेश सभा सदस्य बेची लुङ्गेलीको विशिष्ट आतिथ्य रहेको उक्त कार्यक्रमको सञ्चालन एमाले लालबन्दी नगर कमिटी सचिव विक्रम भण्डारीले गरेका थिए ।

लालबन्दी नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा जिल्ला तथा नगरका एमाले नेता, कार्यकर्ता तथा जनसमुदायको उल्लेख्य उपस्थिति रहेको थियो ।
(आशिबाबु दाहालको सहयोगमा)





