च्याम्पियन्स लिगमा बायर्न म्युनिखद्वारा सेभिला २-१ ले पराजित



काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत बायर्न म्युनिखले सेभिलालाई २-१ गोल अन्तरले पराजित गरेको छ ।

गएराती सेभिलाको घरेलु मैदानमा भएको क्वाटरफाइनलको पहिलो लिगमा बायर्न म्युनिखले सेभिलालाई २-१ ले पराजित गर्दै पहिलो लिगमा अग्रता लिन सफल भएको छ ।

बायर्न म्युनिखका लागि एक गोल आत्मघाती गोलको रुपमा भएको थियो भने दोस्रो गोल थियेगो अलसान्ताराले गरेका थिए । सेभिलाका लागि एक गोल पाब्लो सराबियाले गरेका थिए ।

खेलको ३२औ मिनेटमा सराबियाले गोल अग्र्दै सेभिला लाई सुरुवाती अग्रता दिलाए पनि खेलको ३७औ मिनेटमा सेभिलाका जेसस नाभासले आत्मघाती गोल गर्दै बायर्न म्युनिखलाई बराबरी गरिदिएका थिए ।

पहिलो हाफमा १-१ गोलको बराबरीमा सकिएको खेलमा खेलको ६८औ मीने मा थियागोले गोल गर्दै बायर्न म्युनिखलाई २-१ को जित दिलाएका थिए ।

अब क्वाटरफाइनलको दोस्रो लिग आगामी अप्रिल १२ मा बायर्न म्युनिखको घरेलु मैदानमा हुने छ ।

प्रतिक्रिया दिनुहोस्