
वि.सं. २०७४ साल चैत २१ गते बुधवार। इश्वी सन् २०१८ अप्रिल ४ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। वसन्त ऋतु। नेपाल संवत् ११३८ चौलागा। वैशाख कृष्णपक्ष। तिथि– चतुर्थी, १८:१५ बजेउप्रान्त पञ्चमी। नक्षत्र– विशाखा, ८:२० बजेउप्रान्त अनुराधा। योग– सिद्धि, २६:०० बजे उप्रान्त व्यतीपात। करण– वालव, १८:१५ बजेदेखि कौलव, ३:५१ बजे उप्रान्त कौलव। आनन्दादिमा धाता योग। चन्द्रराशि– वृश्चिक। काठमाडौंमा सूर्योदय– ५:५४ बजे, सूर्यास्त– १८:२२ बजे र दिनमान ३१ घडी ११ पर्ला ।

मेष
मेष (चु, चे, चो, ला, लिई, लु, ले, लो, अ) आफ्नो अधिकार प्रातिका लागि सङ्घर्ष गर्नु पर्ला । नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । खर्चको मात्रा बढ्नेछ । सम्पत्तिको क्षय हुनेछ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) बन्धु बान्धव बाट सहयोग मिल्नेछ । नयाँ कार्यको थालनी होला । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । जोस जाँगर र हिम्मत बढ्नेछ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ । मुद्दा मामिलामा विजयी प्राप्त हुनेछ । धर्म,कर्ममा मन लाग्नेछ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डी, डु, डे, डो) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । मान प्रतिष्ठामा वृद्धि होला । आकस्मिक धनलाभ हुनेछ । नयाँ कामको थालनी होला ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मनमा निराशा र शरीरमा आलस्य आउनृछ । चुनौतीको सामना गर्नु पर्ला । सहकर्मी बाट विरोध आउला । गलत निर्णय लिनपुगिएला सचेत रहनुहोला ।
कन्या
कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो) श्रमको उचित मूल्याङ्कन हुनेछ । पठनपाठनमा प्रगति हुनेछ । आदर्श व्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ती, तु, ते) अकस्मात धन(सम्पत्ति हात पर्नेछ ्र कूटनीतिक नियोगको सहयोग मिल्ला । नयाँ काम वा रोजगार पाइनेछ । जोस जाँगर र हिम्मत बढ्नेछ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यी, यु) महिला वर्ग बाट विशेष सहयोग मिल्नेछ । धन प्राप्त हुने योग छ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।
धनु
धनु (ये, यो, भा, भी, भु, धा, फा, डा, भे) अनावश्यक धन खर्च हुनेछ । कार्य सम्पादनमा समस्या आउला । सरकारी निकाको भय रहला । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्नेछ ।
मकर
मकर (भो,जा,जी,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) वित्तीय संस्था बाट सहयोग पाइनेछ । राजनीति कार्यमा सफलता मिल्नेछ । अरूलाई प्रभावित पारेर काम बन्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा) प्रेमीको सहयोग पाइनेछ । पार्टी पिकनिकमा सहभागी भइएला । जोस जाँगर र उमङ्ग बढ्नेछ । कार्य सिद्धिको योगले कार्य क्षेत्रमा प्रगति हुनेछ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । वित्तीय संस्था बाट सहयोग पाइनेछ । साङ्गीतिक क्षेत्रमा रुचि बढ्नेछ । नयाँ कार्यको योजना बन्नेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल, हाम्राे पात्राे





