
काठमाडौं- वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठकी श्रीमती यशोदा सुवेदीको मंगलबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ।
पशुपति आर्यघाटमा छोरा यमन श्रेष्ठले आमा यशोदालाई दागबत्ती दिएका थिए। मदनकृष्ण श्रेष्ठको आखाँबाट आशु बगिरहेको थियो भने त्यहाँ उपस्थित वरिष्ठ कलाकार कलाकार हरिवंश आचार्य लगायत सबैको अनुहार भाव विह्वल देखिन्थ्यो।
यशोदा सुवेदीको सोमबार राति पौने ११ बजे ललितपुरको हरीसिद्धिमा रहेको क्यान्सर अस्पतालमा उपचारको क्रममा निधन भएको थियो। ६७ वर्षीया सुवेदी क्यान्सर रोगबाट ग्रस्त थिइन्।






