
चलचित्र बागी २ का नायक टाइगर श्राँफ डेन्जर स्टन्टका कारण पछिल्लो समय चर्चामा छन् । विभिन्न शैलीको एक्सन दिन सक्ने र डान्सका कारण चर्चा कमाएका उनको फिल्म बागी २ प्रदर्शनमा आउनु अघि देखिनै उनको चर्चा बजारमा सुरु भएको हो । उनको एक्सन देखेर बलिउका चल्तिका नायक नायिकाहरु समेतले राम्रो प्रतिक्रिया दिइरहेका छन् ।
बागी – २ चलचित्रमा टाइगरको एक्सन धुवाँदार रहेको छ । अक्षयकुमारदेखि हृतिक रोशनसम्मले उनको तारिफ गर्दै नयाँ पुस्ताका रियल हिरोको संज्ञा दिएका छन् । पहिलो दिनमै २५ करोड भारु कमाएको बागी २ हलहरुमा प्रर्दशन भइरहेको छ ।





