धरानमा दुर्इ मुख तिन अाँखा भएकाे वाच्छि जन्मिएपछि…



धरानको विजयपुरस्थित एक कृषकले पालेकाे गार्इले अनाैठाे वाच्छिको जन्म दिएपछि स्थानीयहरू अचम्ममा परेका छन । धरान १४ स्थित इन्द्र कटुवालले पालेको गाइले शरिर एउटै भएको तर दुइवटा मुख अनि ३ वटा आखा भएको अनौठो वाच्छि जन्माएकाे छ । दोस्रो वेतमा आफ्नो घरमा पालेको गाइले यस्तो वाच्छिको जन्मदिएपछि इन्द्र कटुवाल लगायत अन्य छिमेकीहरूपनि आश्चर्यममा परेका छन् ।

टाउको र शरिर एउटै भए पनि दुइवटा मुख अनि ३ वटा आखा भएको बाच्छी हेर्नका लागी कटुवालको घरमा भिडनै लागेको छ । विजयपुर धार्मिक केन्द्र भएको र धार्मिक आस्थाका कारण पनि भगवान वाच्छिको रुपमा आउनु भएको भन्दै दर्शनको लागी आएको स्थानिय प्रेम प्रसाद पराजुलीले बताए ।

प्रतिक्रिया दिनुहोस्