२ वर्षमै गोलाप्रथाबाट सांसद पद जान्छ



काठमाडौं २० चैत: सुन्दा अचम लाग्न सक्छ गोलाप्रथाबाट नै सांसदको पद जान्छ भन्दा । तर सत्य हो राष्ट्रिय सभाका एक तिहाइ सदस्यको पदावधि गोलाप्रथाबाट २ वर्षमै सकिनेछ । यो समाचार नेपाल समाचारपत्रले छापेको छ ।

फाइल तस्बिर

समाचारमा लेखिएको छ, संविधानको धारा ८६ मा राष्ट्रियसभाको गठन र सदस्यहरुको पदावधि सम्बन्धी व्यवस्था छ । यो धारको उपधारा ३ मा लेखिएको छ, ‘यो संविधान प्रारम्भ भएपछि पहिलोपटक सदस्यको पदावधी कायम गर्दा गोलाप्रथाद्धारा एक तिहाइको दुई बर्ष, अर्को एक तिहाइको चार बर्ष र बाँकी एक तिहाइको ६ बर्षको हुने गरी पदावधि कायम गरिनेछ ।’

तर प्रतिनिधिसभाको कार्यकाल भने ५ बर्षको हुनेछ । प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्तरुपलाई संघीय संसद भनिन्छ ।

प्रतिक्रिया दिनुहोस्