नयाँ नेतृत्व निर्वाचित गर्दै गाउँपालिका महाधिवेशन  सम्पन्न (फोटो फिचर)



काठमाण्डौ, १९ चैत्र २०७४

गाउँपालिका रास्ट्रिय महासंघ नेपालको प्रथम रास्ट्रिय महाधिवेशन आज तेश्रो दिनमा ३७ सदस्सीय केन्द्रीय समितिको चयन गर्दै सम्पन्न भएको छ ।

एमालेबाट निर्वाचित तीन गाउँपालिकाका उप-प्रमुख तीन सिर्जनाहरु (सिर्जना केसी (३०), सिर्जना लामा (२२) र सिर्जना तामाङ (२३ )
एमालेबाट नौकुंड गाउँपालिका (रसुवा) उप-प्रमुखमा निर्वाचित २२ वर्षीय सिर्जना लामा

पार्टीगत भागबण्डामा नयाँ नेतृत्व

नयाँ नेतृत्वको चयन पार्टीगत भागबन्डाको आधारमा  गरिएको थियो । पार्टीले स्थानीय तहमा प्राप्त गरेको मतको आधारमा पद र सङ्ख्या निर्धारण गरिएको थियो । ठूलो दलको हैसियतमा नेकपा एमालेको भागमा अध्यक्ष, उपाध्यक्ष सहित १३ सदस्यहरु, त्यसैगरी नेपाली काँग्रेसलाई महासचिव, सचिव सहित १० सदस्यहरु, माओवादी केन्द्रलाई कोषाध्यक्ष सहित ५ सदस्यहरु, संघीय समाजवादी फोरम नेपाललाई २ सदस्यहरु, रास्ट्रिय जनता पार्टीलाई १ सदस्य र अन्यबाट १ गरी ३७ सदस्सीय कार्यसमिति चयन गरिएको थियो ।

प्राप्त पदहरुमा पार्टी शीर्ष नेतृत्वको सिफारिसमा पदाधिकारीहरु तथा सदस्यहरु निर्वाचित भएका थिए । प्रतिनिधिहरुको बिचमा चुनाव भएको थिएन ।

नयाँ नेतृत्व :

अध्यक्ष : हेमनारायण श्रेष्ठ, नेकपा एमाले

उपाध्यक्ष : मेनुका काफ्ले, नेकपा एमाले

महासचिव : वंशलाल तामाङ, नेपाली काङग्रेस

सचिव : देवी बुर्लाकोटी, नेपाली काङग्रेस

कोषाध्यक्ष : दिलमाया बुढामगर, नेकपा माओवादी

नवनिर्वाचित महासंघ अध्यक्ष होमनारायण श्रेष्ठ ( जुगल गाउँपालिका प्रमुख र साथमा  उप- प्रमुख सिर्जना तामाङ)
नवनिर्वाचित महासंघ उपाध्यक्ष मेनुका काफ्ले र केन्द्रीय सदस्य कालिका पाठक

सदस्यहरु :

कालीका पाठक :   नेकपा एमाले

प्रेमकुमार राई   :  नेकपा एमाले

डम्बरबहादुर रावत :  नेकपा एमाले

हिदम लामा :   नेकपा एमाले

खिमबहादुर थापा :   नेकपा एमाले

किस्मत कुमार कक्षपती :   नेकपा एमाले

दल फडेरा : नेकपा एमाले

कालीबहादुर शाही : नेकपा एमाले

कुस्मा चन्द :   नेकपा एमाले

खरमाया विटालु  :   नेकपा एमाले

लक्ष्मी गौतम    :   नेकपा एमाले

रतननाथ योगी  :   नेकपा एमाले

नरेन्द्र कार्की :   नेपाली काङग्रेस

दिपिन्द्र थापा : नेपाली काङग्रेस

जवाहारलाल यादव : नेपाली काङग्रेस

बालकृष्ण घिमिरे : नेपाली काङग्रेस

कृष्णप्रसाद बस्याल :    नेपाली काङग्रेस

लेखनाथ पोखरेल    :   नेपाली काङग्रेस

मान ब. डाँगी   : नेपाली काङग्रेस

उमा महतो  :   नेपाली काङग्रेस

लक्ष्मी पाण्डे :   नेपाली काङग्रेस

नारायण पाण्डे   :   नेपाली काङग्रेस

जालिम मिया मन्सुरी    :   नेकपा माओवादी केन्द्र

उमेशप्रसाद भट्ट  :   नेकपा माओवादी केन्द्र

दीपा बोहोरा (दाहाल)  :   नेकपा माओवादी केन्द्र

मेजर कुमार राई    :   नेकपा माओवादी केन्द्र

हिरा केवल :   नेकपा माओवादी केन्द्र

बेचन प्रसाद रावल :  संघीय समाजवादी फोरम

वविता यादव : संघीय समाजवादी फोरम

भोलाप्रसाद गुप्ता : रास्ट्रीय जनता पार्टी

अन्जरा आलम  : अन्य

प्रतिक्रिया दिनुहोस्