
काठमाडौँ, १९ चैत
गृह मन्त्रालयले आगामी वर्ष २०७५ सालमा हुने बिदाहरु सुचना प्रकाशन गर्दै सार्वजनिक गरेको छ।
सरकारले चाडपर्व तथा विभिन्न दिवसका बिदा कटौती गरी जातजाति विशेषले मनाउने चाडपर्वमा सम्बन्धित जातिलाई मात्र बिदा दिने निर्णयपछि गृह मन्त्रालयले औपचारिक रुपमा बिदाको दिन सार्वजनिक गरेको हो । खुल्नेछन्।
गत बुधबारको मन्त्रिपरिषद् बैठकले बिदासम्बन्धी निर्णय गरेको थियो। गृह मन्त्रालयका अनुसार दशैंको बिदा ३ दिन कटौती भएको छ। आगामी वर्ष दशैंमा असोज ३० देखि कात्तिक ३ सम्म मात्र बिदा हुनेछ।
तिहारमा कात्तिक २१, २२ र २३ गते बिदा हुने गृह मन्त्रालयको सूचनामा उल्लेख छ।
तीन वटा दिवसमा मात्र सबैलाई बिदा हुनेछ। बैशाख १८ गतेको विश्व मजदुर दिवस, असोज ३ गतेको संविधान दिवस र फाल्गुन २४ गतेको अन्तर्राष्ट्रिय महिला दिवसमा मात्र सबैलाई बिदा हुनेछ। जन्म जयन्ती अन्तर्गत बुद्ध जयन्ती बैशाख १७ गतेमात्र सबैलाई बिदा दिइएको छ।
हेर्नुस्, गृहमन्त्रालयले सार्वजनिक गरेको बिदाको सूची






